Comments Add Comment

एक झट्कामा १२ सय मानिस ढालेर विश्व किर्तिमान (भिडियोसहित)

मात्र एक धक्कामा १२ सय जना मानिसलाई एकसाथ लडाउनु कुनै चानचुने काम होइन । अमेरिकामा वल्र्ड रेकर्ड कायम गर्नका लागि एक झट्कामा १२ सय मानिसलाई लडाइएको छ, त्यो पनि गद्दा माथि ।

गद्दाको चर्चित ब्राण्ड आरोनले विश्व किर्तिमान कायम गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

आफ्नो नरम गद्दाको प्रचार सँगै गिनिज बुकमा नाम लेखाउने प्रयोजनार्थ आरोनले Human Mattress Domino नामक कार्यक्रमको आयोजना गरेको हो ।

उक्त खेललाई डोमिलोज भनिन्छ । जहाँ एक पंक्तिमा वर्गाकार वा आयताकार टाएल्स खडा गरिएको हुन्छ । त्यसपछि सुरुको टाएललाई धक्का दिइन्छ । पहिलो टाएल धक्काले दोश्रो टाएलमाथि लड्दछ र दोश्रोलाई पनि लडाउँछ । त्यसरी दोश्रोले तेश्रोलाई, तेश्रोले चौथोलाई गर्दै अन्तिम सम्म ठडिएका टाएलहरु लड्दछन् ।

विज्ञानमा यसलार्य डोमिनो इफेक्ट भनिन्छ । आरोन कम्पनीले विज्ञानको यहीँ डोमिनो इफेक्टलाई मानिसमा लागू गरेर देखाएको हो ।

आरोनका इलेक्ट्रोनिक्स तथा उपकरण विभागका कर्मचारीहरु मिलेर उक्त रेकर्डधारी कार्यक्रम सम्भव तुल्याए । ७ हजार वर्ग फुटमा ३४ वटा पंक्तिमा आफ्नो गद्दालाई पछाडि राखेर कर्मचारीहरु उभिए । पंक्तिको सुरुमा उभिएको कर्मचारीलाई धक्का दिएर ढालेसँगै १३ मिनेट ३८ सेकेण्डमा तासका पत्ति झैँ पूरै १२ सय कर्मचारी ढले ।

यसअघि यस्तो किर्तिमान जर्मनीको एक कम्पनीले बनाएको थियो । तर अमेरिकी कम्पनीले उक्त किर्तिमान भंग गर्यो । किर्तिमानी कार्यक्रममा प्रयोग गरिएका १२ सय गद्दा निशुल्क वितरण गरियो ।

एजेन्सी

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment