Comments Add Comment

‘माझी बस्ती’मा स्वेताले सुरु गरिन् घर निर्माण, गरियो भव्य स्वागत


नायिका स्वेता खड्का केही महिना अगाडि सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा उनको भव्य स्वागत गरिएको थियो । स्वेता स्थानिय बासिन्दाहरुसँग मिलेर घर निर्माणका लागि सो स्थानमा पुगेकी थिइन् ।

उनै, स्वेता फेरि सोमबार ‘माझी बस्ती’ पुगेकी छिन् । देशका चर्चित व्यक्तिहरुको साथमा स्वेता माझी बस्ती पुग्नुको मुख्य कारण हो, घर निर्माणको शिलन्यास ।

‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा ५६ वटा घर निर्माण गर्न लागेको हो ।

बस्तीको शिलन्यास गर्न राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल माझी बस्ती पुगेका छन् ।

उनीहरुलाई स्थानिय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए । भूकम्पले घर भत्किएपछि निकै कष्टकर जीवन जिइरहेका माझी गाउँका बासिन्दालाई ‘स्वेता श्री’ फाउन्डेशनले सहयोग गर्न लागेको हो । स्थानिय बासिन्दालाई सरकारले दिने रकममा नपुगेको खण्डमा फाउन्डेशनले सहयोग गर्नेछ भने घर निर्माणको व्यवस्थापनको जिम्मा समेत लिनेछ ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment