Comments Add Comment

कति हानिकारक नकारात्मक भावना ? यसरी बनौं सकारात्मक

भनिन्छ, हरेक कुरालई हेर्ने स्पष्ट र सन्तुलित दृष्टिकोण हुनुपर्छ । तर, आम प्रवृत्ति के हुन्छ भने जे जस्ता कुरामा पनि नकारात्मक पाटो खोतल्ने । यस्तो प्रवृत्तिले अरुलाई होइन आफैलाई हानी गर्ने हो । किनभने कुनैपनि नकारात्मक ढंगले हेर्ने र त्यही किसिमको धारणा बनाउने प्रवृत्तिले हाम्रो व्यक्तित्व कमजोर बनाइदिन्छ ।

जब हामी कुनैपनि कुरालाई नकारात्मक ढंगले हेर्छौ, नकारात्मक चर्चा गर्छौ त्यसले हामीलाई कहिल्यै खुसी र सुखी हुन दिंदैन ।

नकरात्मकता के हो ?

–     अर्कोको काममा कमजोरी खोज्ने प्रवृत्ति

–     आफ्नो कामबाट सन्तुष्ट नहुनु ।

–     कुनैपनि कुरालाई गलत ढंगले हेर्नु र बुझ्नु

–     अर्काको प्रगतिमा इष्र्या पैदा हुनु

–     राम्रो कुरा सुन्ने बानीको विकास नहुनु

–     हिनताबोध पैदा हुनु

त्यस्ता व्यक्तिको संगत छाड्नुहोस्

नकारात्मक सोंच भएका व्यक्तिहरु खाली दोस्रोको बारेमा अनावश्यक टिका-टिप्पणी गरेर दिन कटाइरहेका हुन्छन् । त्यस्ता व्यक्तिको संगत गर्दा आफ्नो सोच्ने शैली पनि नकारात्मक भएर जान्छ । किनभने तिनीहरु हरेक समय नकारात्मक माहौल बनाइराख्छन् । नकारात्मक सोंच भएका व्यक्तिको संगत नगरौं ।

बहाना बनाउनबाट बचौं

आफ्नो जिम्मेवारीलाई सकेसम्म पुरा गर्ने प्रयास गरौ । हामीमा काम नगर्ने वा छल्ने प्रवृत्ति हुन्छ । अनि काम वा जिम्मेवारीबाट भाग्नका लागि अनेक बाहाना बनाउँछौ । यस किसिमको प्रवृत्तिले हामी स्वंमलाई पछि पार्ने हो । त्यसैले यस्ता नकारात्मक सोंचलाई बदल्ने प्रयास गरौ ।

तुलना नगरौं

आफुलाई अरुसँग तुलना गरेर इष्र्याको भावना बढाउनु हुन्न । आफ्ना साथी, इष्टमित्र कसैसँग पनि तुलना गरेर आफुलाई आँक्ने प्रवृत्ति राम्रो होइन । यसले हामीलाई थप कमजोर बनाउँछ ।

स्वंमलाई प्रोत्साहित गरौं

सधै सोचेजस्तो हुन्न । कतिपय काममा असफलता हात लाग्छ । तर, यसबाट निरास हुनुपर्दैन । हरेक हार वा असफलताबाट पाठ सिक्नुपर्छ र जीवनलाई नयाँ ढंगबाट कसरी अघि बढाउने भनेर सोच्नुपर्छ । निरासालाई त्याग्नुपर्छ र कुनैपनि राम्रो काममा अघि बढ्नका लागि स्वंमलाई प्रोत्साहित गर्नुपर्छ ।

बर्तमानमा बाँच्नुपर्छ

वितेको कुरा र भविष्यको चिन्तामा होइन, बर्तमानमा बाँच्ने अभ्यास गर्नुपर्छ । जो वितेको छ, त्यसको बारेमा सम्झना गरे मनलाई दुखी बनाउनुको कुनै अर्थ छैन । र, भविष्मा के हुन्छ भनेर कल्पेर बस्नुको पनि अर्थ छैन । बर्तमानलाई राम्रो बनाउने प्रयास गर्नुपर्छ, भोलि स्वत राम्रो हुन्छ ।

हाँस्ने अभ्यास गरौं

यो एक किसिमको थेरापी हो । जब तपाई हाँस्नुहुन्छ, नकारात्मक सोंच आफै हट्छ । त्यसैले हरेक दिन हाँस्ने प्रयास गर्नुहोस् । हाँस्ने बाहना खोज्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment