Comments Add Comment

कुन अवस्थामा जटिल हुनसक्छ टन्सिल ? यस्तो छ घरेलु उपचार

टन्सिल गलामा हुने एक समस्या हो, जो शारीरमा आयोडिनको कमीले हुन्छ । टन्सिल भएपछि गला सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ । बोल्न पनि सहज हुँदैन । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । यद्यपी घरेलु विधीबाट समेत यसको निदान खोज्न सकिन्छ ।

किन हुन्छ ?

संक्रमणको कारण टन्सिल हुन्छ । हुन त टन्सिल आफैमा खतरानाक समस्या होइन, यद्यपी यसको उपचार गरिएन भने धेरै दुख दिन सक्छ । उचित उपचारबाट यसबाट चाडै छुटकारा पाउन सकिन्छ । निम्न कारणले टन्सिल हुनसक्छ ।

–     चिसोको कारण

–     पेटको समस्या, जस्तो कि ग्याष्ट्रिक, कब्जियत

–     तिख्खर स्वादको वा मसलेदार खानाले

–     पाचनयन्त्र कमजोर हुँदा

–     चिसो र तातो खानेकुरा एकसाथ सेवन गर्दा

–     चिसो चिज जस्तो कि, आइस क्रिम, कोल्ड डि्रंक धेरै खानाले

कस्तो हुन्छ लक्षण ?

–     गलामा पीडा हुनु

–     थुक निल्न गाह्रो हुनु । कुनैपनि खानेकुरा निल्न गाह्रो हुनु

–     गला सुन्निनु

–     कान र गलाको मुनीको भागमा पीडा हुनु

–     दुखाईको कारण ज्वरो आउन सक्छ

के छ उपचार ?

सामन्यत टन्सिलको समस्या केहि दिनको उपचारपछि आफै ठिक हुन्छ । तातो पानी पिउने, नुन मिसाइएको तातो पानीले कुल्ला गर्ने प्रक्रियाबाट पनि यसमा राहात मिल्छ । यद्यपी कतिपय अवस्थामा यो सहजै निको हुँदैन । बरु, जटिल बन्दै जान्छ ।

एलोपेथिक उपचार के छ ?

यदि भाइरल इन्फेक्सनको कारण टन्सिल भएको हो भने र ज्वरो पनि आएको छ भने चिकित्सकले तपाईलाई प्यारासिटामोल वा क्रोसिन नामको औषधी दिन सक्छन् । यस औषधीसँगै थोरै नुन मिसाइएको मनतातो पानीले कुल्ला गर्ने सल्लाह पनि दिइन्छ ।

यदि ब्याक्टेरियल संक्रमणको कारण यस्तो समस्या भएको छ भने केहि एन्टिबायोटिक औषधीसँगै प्यारासिटामोल पनि दिइन्छ । एलोपेथिक औषधी प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

यस्तो छ घरेलु उपचार विधी

–     गाईको शुद्ध घिउले मसाज गर्नुपर्छ, टन्सिलमा राहात मिल्छ ।

–     तातो पानीमा लसुनलाई मिहिनसँग पिसेर हाल्ने । यसले केहि दिन मुख कुल्ला गर्नुपर्छ ।

–     हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो । ग्रीन टि, ल्वाङ-सुकुमेल र दालचिनिीको चिया पिउन सकिन्छ ।

–     टन्सिलको समस्याबाट छुटकारा पाउनका लागि गाजरको जुस पनि उपयोगी हुन्छ ।

–     नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।

–     एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।

–     कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।

टन्सिलमा कस्तो खानपान हुनुपर्छ ?

–     चिसो दुध सेवन नगरौं

–     कोल्ड ड्रिङक पिउनुहुन्न

–     चिल्लो, चिप्लो, पिरो र मसलेदार खानेकुरा सेवन गर्नु हुन्न

–     रक्सी वा नसालु पदार्थ सेवन नगरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment