Comments Add Comment

अनौठो चलन : जहाँ नन्द भाउजुबीच बिहे हुन्छ

नन्द भाउजुबीचको सम्बन्धलाई विशेष मानिन्छ । तर भारतको गुजराँतमा चाहीँ नन्द र भाउजुबीच बिहे हुन्छ । हो, भारतको गुजराँतस्थित एक गाउँमा यस्तो अनौठो प्रथा छ ।

त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ ।

बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म उसकी बहिनीले हुनेवाला भाउजुलाई घरधन्दा अर्थात् बुहार्तनको सबै कुरा सिकाउँदिनन् ।

सुन्नमा निकै अनौठो लागेपनि यो प्रचलन निकै वैज्ञानिक रहेछ । गाउँलेहरुका अनुसार बेहुलीको नयाँ जिन्दगी सुरु गर्न तथा नयाँ घरमा भिज्नका लागि उनका नन्दहरुको ठूलो योगदान हुन्छ ।

नन्दले नयाँ घरको बारेमा भाउजुलाई बताउँछन् र सुरुवाती दिनमै नन्द भाउजुबीच मित्रता हुन्छ । यसले अन्ततः बेहुलीलाई कर्मघरमा निकै सजिलो हुन्छ । उनलाई लोग्नेको घरको चालचलन, संस्कार, नातागोता आदिको बारेमा बुझ्ने मौका प्राप्त हुन्छ ।

गाउँमा बिहेको दिन अर्को रोचक परम्परा पनि छ । बिहे अवधिभर बेहुलाकी बहिनीले आफ्नो शिरमा चामल भरिएको अम्खोरा राख्छिन् । यसरी चामल भरिएको अम्खोरा शिरमा राख्दा आफ्नो दाजूमाथि कुनै दुष्ट नजर नपर्ने मान्यता छ । यो गाउँमा उल्टो दाइजो प्रथा छ । दुलहीका घरवालाले होइन दुलाहापट्टकिाले दाइजो दिनुपर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment