Comments Add Comment

एप्पलले दोश्रोपटक किन ल्यायो आइफोन सिक्स ?

सन् २०१४ मा जब एप्पलले पहिलोपटक आइफोन सिक्स लञ्च गरेको थियो तब सधैजस्तै मानिसहरुले यसको खुबै तारिफ गरे । आइफोन सिक्स बिक्रिका हिसाबले एप्पलका लागि इतिहास रच्न सफल भयो । ठूलो डिस्प्ले तथा नयाँ डिजाइनका साथमा आएको आइफोन सिक्समा आइफोनको अघिल्लो संस्करणमा भन्दा उत्कृष्ट क्यामरा राखिएको थियो ।

एप्पलले ४ वर्षअघिको आइफोन सिक्स दोश्रोपटक पुनः लञ्च गरेको छ । एप्पलले बेलायतमा आइफोन सिक्स दोश्रोपटक लञ्च गरेको हो ।

बजारमा विद्यमान मध्यमस्तरका स्मार्टफोनहरुलाई टक्कर दिनका लागि एप्पलले आफ्नो आइफोन सिक्स पुनः उतारेको हो ।

आइफोन सिक्स पछि सिक्स एस र सेभेन समेत लञ्च भैसकेको छ र एप्पलले ती स्मार्टफोनबाट ठूलो रकम हात पारिसकेको छ । तथापि आइफोन सिक्सले सुरुवातमा एप्पललाई दिलाएको सफलता तथा प्रयोगकर्तालाई दिलाएको सन्तुष्टि एप्पलका लागि खास रहेको छ ।

त्यसैले एप्पल पूरानो त्यो इतिहासलाई कायम राख्न चाहन्छ ।

पूरानो ए ८ चिप तथा अहिले आउटडेटेड भैसकेको क्यामराका बाबजुत पनि आइफोन सिक्स बजारमा निकै बिकिरहेको छ । बजारमा उपलब्ध मध्यम मुल्यका अन्य स्मार्टफोनलाई यसले राम्रोसँग टक्कर दिइरहेको छ । बजारमा पुनः आएको आइफोन सिक्सले स्थानीय स्मार्टफोनहरुलाई नराम्रो धक्का दिइरहने विश्वास गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment