Comments Add Comment

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेका हुन् । सत्ता पक्षले पुनः मतदान गराउने गरी षडयन्त्र गरेको दाबी गर्दै ओलीले पुनः मतदान एमालेलाई मान्य नहुने बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले पुनः मतगणना गराउने तमासा र अपराधजन्य कार्यलाई प्रोत्साहन गर्ने कुनै पनि कार्यमा आफनो पार्टी सहभागी नहुने बताए ।

आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । अध्यक्ष ओलीले एमाले पुनः मतदानको पक्षमा नभएको र यसको असर अर्को निर्वाचनमा पर्न नदिन पनि सचेत रहेको बताए ।

एमाले अध्यक्ष ओलीले सरकार दोस्रो चरणको निर्वाचन नगराउने अर्को षडयन्त्रमा लागि परेको आरोप समेत लगाए । निर्वाचनको मिति सार्ने बहाना गरेर सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन नदिने खेल खेलिरहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment