Comments Add Comment

श्रीकृष्णको तस्वीर छुँदै स्वेताले खाएको एउटा कसम…


सयौ स्थानियबासी र काठमाण्डौबाट सिन्धुपाल्चोक पुगेका पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरुको अगाडि नायिका स्वेता खड्काले स्वर्गिय पति श्रीकृष्णको श्रेष्ठको तस्बिर छुदै एउटा कसम खाइन् ।

काठमाण्डौ भन्दा केही परको जिल्ला सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा पुगेकी स्वेताले श्रीकृष्णको तस्बिर छुदै भनिन्-‘म उहाँको तस्बिर छुदै भन्छु कि, यो काम सम्पन्न गरेपछि मात्र मेरो अनुहारमा खुशी मिल्नेछ ।’

माझी समुदायमा एकिकृत नमुना बस्ती निर्माणको शिलन्यास गर्दै स्वेताले स्थानियबासीहरुसँग बस्ती निर्माण गरेर दशै अगाडि हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । स्वर्गिय पति श्रीकृष्णको चाहना समाजसेवा रहेकाले उनको सपना पुरा गर्न आफू यो कार्यमा होमिएको स्वेताले बारम्बार बताउँदै आएकी छिन् ।

स्वेताले शिलन्यासपछि आयोजित कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुलाई पनि धन्यवाद दिइन् ।


‘माझी बस्ती’मा स्वेताले सुरु गरिन् घर निर्माण, गरियो भव्य स्वागत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment