Comments Add Comment

१२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत हुँदै, स्थानीय तहमा ४ खर्बसम्म बजेट जाने

 

१५ जेठ, काठमाडौं । सरकारले आगामी आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले यो प्रस्ताव पारित गरेको हो । बजेटको आकार चालु आवकोभन्दा करिब २२ प्रतिशतले बढ्ने भएको हो ।

गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

संघिय संरचना अनुसार बजेट निर्माण गरेको सरकारले ७ सय ४४ स्थानीय तहको लागि एकमुष्ठ रुपमा २ खर्ब २५ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । एउटा गाँउपालिकाले भने कम्तिमा १० करोड रुपैयाँ पाउने गरि बजेट बनाइएको छ । त्यस्तै,  स्थानीय तहमा जाने बजेट समेत गणना गर्दा स्थानीय तहले ४ खर्बसम्म रकम पाउने मन्त्रालय स्रोतले बतायो ।

सबैभन्दा धेरै बजेट पाउने काठमाडौं महानगरपालिकाले १ अर्बभन्दा बढि रकम पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment