Comments Add Comment

सत्तारुढ दलले महाअभियोग फिर्ता लिन मानेनन्, बजेट रोक्ने एमालेको चेतावनी

१५ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले पूर्वसहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म बजेट पेश गर्न नदिने अडान लिएको छ ।

सोमबार दिउँसो ४ बजे बजेट पेश गर्ने कार्यक्रम थियो । तर, सत्तारुढ दलहरुले ३ बजे महाअभियोग फिर्ता नहुने जानकारी गराएपछि एमालेले बजेट पेश गर्न नदिने अडान लिएको छ ।

प्रमुख दलहरुबीच शनिबार नै महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । तर, आइतबार प्रस्तावक र समर्थकले महाअभियोग फिर्ता लिएनन् । प्रक्रिया अघि नबढाउन निवेदन दिए ।

साँझ बालुवाटारमा भएको प्रमुख दलहरुको बैठकमा फेरि महाअभियोग फिर्ता लिने सहमति भयो ।

एमालेले संसदको बैठक सुरु हुनु अघि नै महाअभियोग फिर्ता लिए मात्र सदन चल्ने बताएको थियो । सत्तारुढ दलहरुले दिउँसो ३ बजे आएर महाअभियोग फिर्ता नलिने जानकारी गराएको एमाले नेता गोकर्ण विष्टले जानकारी दिए ।

उनका अनुसार पूर्वसहमति अनुसार महाअभियोग फिर्ता नभए एमालेले संसद चल्न दिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment