Comments Add Comment

बजेट रोक्ने एमालेको चेतावनीपछि महाअभियोग फिर्ता

१५ जेठ, काठमाडौं । बजेट नै रोक्ने नेकपा एमालेको चेतावनी दिएपछि सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् ।

यससँगै संसद बैठक सुरु भएको छ र, अर्थमन्त्री कृष्णबहादुर महराले बजेट पेश गर्दैछन् ।

महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले महाअभियोग फिर्ताका लागि सभामुखसमक्ष निवेदन दिएर का छन् । कांग्रेस सांसद मीनले अनलाइनखबरसँग भने, ‘महाअभियोग फिर्ता लिइएको छ ।’

प्रमुख दलहरुबीच शनिबार नै महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । तर, आइतबार प्रस्तावक र समर्थकले महाअभियोग फिर्ता लिएनन् । प्रक्रिया अघि नबढाउन निवेदन दिए ।

साँझ बालुवाटारमा भएको प्रमुख दलहरुको बैठकमा फेरि महाअभियोग फिर्ता लिने सहमति भयो । एमालेले संसदको बैठक सुरु हुनु अघि नै महाअभियोग फिर्ता लिनु पर्ने बताएको थियो ।

तर, सत्तारुढ दलहरुले दिउँसो ३ बजे आएर महाअभियोग फिर्ता नलिने जानकारी गराएको एमाले नेता गोकर्ण विष्टले जानकारी दिए । सत्तारुढ दलहरु सहमतिबाट पछि हटे बजेट नै प्रस्तुत हुन नदिने अडान एमालेले लिएपछि दलहरु फेरि छलफलमा जुटे ।

त्यही कारण ४ बजेबाट हुने भनिएको बजेट भाषण झण्डै एक घन्टा ढिला भएको थियो ।

सत्तारुढ दलहरुले महाअभियोग फिर्ताको प्रक्रिया सुरु गरेपछि संसद बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment