Comments Add Comment

डा. गोविन्द केसीको अनसन स्थगित

१५ जेठ, काठमाडौ । ११ औं अनसनको तयारीमा रहेका डा. गोविन्द केसीले सरकारलाई थप चार दिनको अल्टिमेटम दिँदै आफ्नो अनसन हालका लागि स्थगित गरेका छन् । उनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन माग गर्दै सरकारलाई चार दिनको अल्टिमेटम दिएका हुन् ।

आफ्ना मागलाई लिएर सरकारले देखाएको तदारुकताको कदर गर्दै डा. कसीले आउँदो शुक्रबारसम्मका लागि आफ्नो अनसन स्थगित गरेको उनका विद्यार्थी तथा सहयोगी डा. सुमन आचार्यले जानकारी दिएका छन् ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बन्ने निश्चित भएसँगै डा. केसीले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्नेलगायत अन्य माग पूरा गर्न सरकारलाई शुक्रबारसम्मको अल्टिमेटम दिनु भएको छ’, डा. आचार्यले भने ।

माग पूरा नभए काठमाडौंमै अनशन बस्ने डा. केसीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment