Comments Add Comment

पूर्वअर्थमन्त्री महतले भने-पुरक बजेटका लागि ‘स्पेश’ नै राखिएन


१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले ल्याएको बजेटको आकार ठूलो भएको बताएका छन् ।

बजेट भाषण सुनेपछि संसद भवनबाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै महतले आगामी सरकारले नीति तथा कार्यक्रम ल्याउन चाहेमा पुरक बजेटका लागि ‘स्पेश’ नराखिएको बताए ।

‘बजेटले भोलि नयाँ सरकारले ल्याउन सक्ने पुरक बजेटका लागि स्पेश नै राखेन’ महतले भने,’स्थानीय तहका लागि जसरी रकम छुट्याइएको छ, त्यो सकारात्मक छ ।’

उनले आफूले १२ खर्ब बराबर रहेर बजेट ल्याउन सरकारलाई सयअघि नै सुझाव दिएको बताए ।

महतले स्थानीय तह र प्रदशेका लागि छुट्याइएको बजेट कार्यन्वयनका लागि प्रशासनिक संयन्त्रबारे बजेटले नबोलेकोले आशंका उत्पन्न भएको बताए ।

‘स्थानीय तहका लागि गएको बजेट कसले कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट आएन’ महतले भने,’बजेट कार्यान्वयनका बारेमा अझै प्रशस्तै प्रश्नहरु छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment