Comments Add Comment

रवीन्द्रनाथ टैगोरको प्रेमकथामा फिल्म बनाउँदै प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी प्रियंका चोपडा फिल्म निर्माणसमेत सक्रिय छिन् । उनले चाँडै नै नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा फिल्म बनाउने भएकी छिन् जसको निर्देशन उज्ज्वल चटर्जीले गर्नेछन् ।

यस फिल्मको कथा सागरिका चटर्जीले लेखेकी हुन् । यो फिल्म टैगरमाथिको बायोपिक त हो तर, यसले उनको सम्पूर्ण जीवनीलाई समेट्ने छैन । यस फिल्ममा उनको जीवनको सुरुवाती कालखण्डको एउटा अंशलाई मात्रै समावेश गरिने छ ।

सन् १८७८ मा टैगोर १७ वर्षको हुँदा उनी मुम्बइमा आफ्ना गुरु डा. आत्माराम पान्डुरंगको घरमा बस्थे र यही क्रममा उनको आत्मारामकी छोरी अन्नपूर्णसँग प्रेम भएको थियो । उनी ईंग्ल्यान्डमा पढेर फर्किएकी थिइन् र अंग्रेजीमा पोख्त थिइन् । त्यसैले टैगोर उनीसँग अंग्रेजी सिक्न थाले । यही क्रममा उनीहरुको निकटता बढ्यो र दुवै प्रेममा परे । टैगोरले उनलाई ‘नलिनी’ नाम दिए ।

टैगोरले आफ्नी प्रेमिकामाथि कविता पनि लेखेका थिए जसलाई पछि गीतको रुपमा ढालियो । यसको संगीत पनि टैगोर आफैंले दिएका थिए । तर, यो प्रेमकथा लामो भने थिएन । दुई वर्षपछि अन्नपूर्णको बिहे अर्कै व्यक्तिसित गभयो किनकी अन्नपूर्णाका बुवा टैगोरलाई मन पराउँदैनथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment