Comments Add Comment

काठमाडौं महानगरले झण्डै २ अर्ब बजेट पायो, कुन स्थानीय तहको कति ? (सूचीसहित)

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार पाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरे । उनले स्थानीय तहलाई १० करोडदेखि १ अर्ब २४ करोडसम्म निशर्त अनुदान बजेट दिने घोषणा गरे ।

अब गाउँपालिकालाई न्युनतम् १० करोडदेखि ३९ करोडसम्म बजेट दिइने भएको छ । गाउँपालिकालाई १ करोड २० लाखदेखि १७ करोडसम्म सशर्त अनुदान पनि दिइने भएको छ । त्यसैगरी नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म बजेट दिइने भएको छ । नगरपालिकाले ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाखसम्म सशर्त अनुदान दिइने भएको छ ।

उपहमहागरपालिकालाई ४० करोड देखि ६३ लाखसम्म बजेट दिइनेछ । उपमहानगरपालिकालाई १५ करोड देखि ३१ करोडसम्मे ससर्तअनुदान उपलब्ध गराइने अर्थमन्त्री महराले जानकारी दिए । महानगरपालिकाले ५६ करोड देखि १ अर्ब २४ करोडसम्म बजेट दिइनेछ । महानगरपालिकालाई २८ करोडदेखि ७८ करोडसम्म ससर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

कुन स्थानीय तहले कति पाए ?

सरकारले रातो किताबमा स्थानीय तहले पाउने बजेट पनि उल्लेख गरेको छ । काठमाडौं महानगरले १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार पाएको छ, जसमा १ अर्ब २४ करोड ३३ लाख ७४ हजार वित्तीय समानीकरण अनुदान छ भने ६४ करोड ४३ लाख ८० हजार छ ।

देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथले १ अर्ब ८२ करोड ५७ लाख २७ हजार पाएको छ । यो काठमाडौंले पाएको बजेट भन्दा केही करोड मात्र कम हो ।

यस्तै भरतपुर महानगरले १ अर्ब ३३ करोड २७ लाख ४ हजार बजेट पाउँदा ललितपुर महानगरपालिकाले ८४ करोड २० लाख १० हजार बजेट पाएको छ ।

कुन स्थानीय तहले कति बजेट पाए ?

काठमाडौंको विद्युत वितरण प्रणाली भूमिगत गरिने, उर्जा क्षेत्रलाई ६२ अर्ब

पूर्वअर्थमन्त्री महतले भने-पुरक बजेटका लागि ‘स्पेश’ नै राखिएन

सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रम यथावत

७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाइने

बुढीगण्डकी आयोजनालाई १० अर्ब, जलासययुक्त आयोजनालाई प्राथमिकता

यस्ता छन्, बजेटले समेटेका स्वास्थ्यका कार्यक्रम

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

अब यी कार्यक्रमहरु स्थानीय तहको अधिकार क्षेत्रमा पुगेको छ

कोटेश्वर-सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

तीन विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट, द्रुतमार्गलाई १० अर्ब

निजी क्षेत्रको प्रतिक्रियाः गोल्छा भन्छन्- बजेट निराशाजनक छ

पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब बजेट छुट्याइयो

गाउँपालिकाले १० करोडदेखि ३९ करोडसम्म बजेट पाउने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment