Comments Add Comment

प्रभाससँग नाम जोडिएकोमा अनुष्काले चित्त दुखाइन्

बाहुबलीकी अभिनेत्री अनुष्का शेट्टीले भारतीय मिडियासँग चित्त दुखाएकी छिन् । सोही फिल्मका अभिनेता प्रभाससँग आफ्नो नाम जोडिएको उनलाई मन परेको छैन । प्रभाससित आफ्नो अफेयरको हल्ला बाहुबली टिमकै कुनै सदस्यले फैलाएको अनुष्काको आशंका छ । मिडियामा यो खबर पनि आएको थियो कि प्रभासले फिल्म बाहुबलीकै निम्ति अनुष्काको बिहे २ वर्षदेखि रोकेर राखेका थिए ।

हालै आफ्नो बिहेको खबरलाई लिएर अनुष्काले भनेकी छिन्, ‘म जुन अभिनेतासँग काम गर्‍यो उसैसँग मेरो नाम जोड्ने गरिन्छ । म जवाफ दिँदा दिँदा हैरान भइसकेँ ।’

प्रभास र अनुष्का चाँडै नै फिल्म ‘साहो’ मा एकसाथ देखिने तयारीमा छन् । यस फिल्मका लागि पहिले कैटरिना कैफको नाम आएको थियोउ । तर कुनै कारणले कैटरिना यो फिल्म खेल्न असमर्थ भइन् । त्यसपछि निर्माताले अनुष्कालाई लिने निर्णय गरेका हुन् ।

करिब ८ वर्ष पहिले बनेको तेलुगु फिल्म ‘बिल्ला’ मा पहिलोपटक प्रभास र अनुष्काको जोडी बाँधिएको थियो । यसपश्चात २०१३ मा आएको फिल्म ‘मिर्ची’ मा उनीहरु सँगै देखिएका थिए ।

थुप्रै तमिल र तेलुगु फिल्ममा काम गरिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो । ३६ वषिर्या अनुष्काले सन् २००५ मा रिलिज भएको तेलुगु फिल्म ‘सुपर’ बाट डेब्यू गरेकी थिइन् । उनले बाहुबलीको अलावा अरुन्धती, बेदम, रुद्रमादेवी र सिंघम जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् ।

बाहुबलीबाट भारतीय दर्शकमाझ स्थापित बनेका प्रभास प्रख्यात अभिनेता उप्पलापति बैंकटा कृष्णम राजूका भतिज हुन् । सन् २००२ मा फिल्म ईश्वरबाट करिअर सुरु गरेका प्रभासले छत्रपछि, बिल्ला, एक निरन्जन, डार्लिङ, रिबेल र मिर्ची जस्ता फिल्ममा काम गरिसकेका छन् । उनले बलिउड फिल्म ‘एक्सन ज्याक्सन’मा केमियो रोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment