Comments Add Comment

चिप्ले भिन्डीको लाभ, भिन्डीको परिकार कसरी बनाउने ?

चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पाकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउँने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।

२. भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३. भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स-सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।

४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्‍याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।

यसरी बनाउन सकिन्छ भिन्डीको स्वादिलो परिकार

भरुवा भिन्डी

चिप्ले भिन्डीमा मसला मिश्रण गरेर स्वादिलो खानेकुरा बनाउन सकिन्छ । यहाँ भरुवा भिन्डी बनाउने बिधी दिइएको छ ।

–     २५० ग्राम भिन्डी

–     १ मध्यम गोलभेडा, लाम्चो आकारमा काटिएको

–     १ हरियो खुर्सानी, बर्गाकार काटेको

–     २ चिया चम्चा लसुन अदुवाको पेस्ट

–     डेढ चम्चा जीरा

–     २ ठूलो चम्चा तेल

–     २ ठूलो चम्चा हरियो धनिया

–     नुन

भर्नका लागि

–     ३ ठूलो चम्चा बेसन, भुटेको

–     १ चिया चम्चा कोरेसोले कोरेको नरिवल

–     २ ठूलो चम्चा बदाम

–     १ ठूलो चम्चा धनिया पाउडर

–     एक चौथाई बेसार

–     १ ठूलो चम्चा कागतिको रस

–     नुन

–     १ ठूलो चम्चा तेल

कसरी मसला तयार गर्ने ?

–     एक कराहीमा बदामलाई मध्यम आँचमा सेकाउने । त्यो सेलाएपछि पिस्ने ।

–     एक कराहीमा बेसनलाई मध्यम आँचमा भुट्ने । त्यसलाई बदामसँगै मिसाएर राख्ने ।

–     त्यही कचौरामा नरिवलको धुलो, धनिया पाउडर, बेसार, रातो खुर्सानी पाउडर, गरम मसला पाउडर, तेल र नुन राख्ने । यसलाई राम्ररी मिलाउने ।

भिन्डी कसरी बनाउने ?

–     भिन्डीको दुबै छेउको भाग काट्ने । त्यसको बिच भागबाट लामो आकारमा एकातिर चिर्ने । त्यसभित्र अघि बनाइएको मसला राख्ने ।

–     एक कराहीमा मध्यम आँचमा तेल तताउने ।

–     मसलाले भरिएको भिन्डी त्यसमा हाल्ने र माथिबाट थोरै नुन छर्कने । केहि समय त्यसलाई पाक्न दिने ।

–     गाढा रंगको भएपछि निकाल्ने ।

–     त्यही कराहीमा एक ठूलो चम्चा तेल तताउने ।

–     त्यसमा जिरा हाल्ने । जिरा सुनौलो रंगको हुने अवस्थासम्म भुट्ने । त्यसमा लसुन अदुवाको पेस्ट हाल्ने, हरियो खुर्सानी हाल्ने र ३० सेकेन्ड भुट्ने ।

–     गोलभेडा र नुन हाल्ने । गोलभेडा नरम हुनेगरी भुट्ने ।

–     त्यमाथिबाट तारेको भिन्डीलाई हालेर राम्ररी चलाउने । एक मिनेटपछि त्यो पाक्छ ।

यसरी तयार भएको चिप्ले भिन्डीको परिकारलाई हरियो धनियाले सजाएर सर्भ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment