Comments Add Comment

यसकारण च्यातियो भरतपुरमा मतपत्रः मतगणना कि फेरि मतदान ?


१६ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो । सोमबार गणतन्त्र दिवससँगै भरतपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो । यही आसमा आइतबार सुतेका भरतपुरवासीलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो । मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भइसकेको थियो ।

मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना स्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरवासी मात्रै नभएर देशविदेशका धेरै नेपाली आश्चर्यमा परे । कूल २९ वडा रहेको भरतपुर महानगरपालिकामा २७ वडाको मतगणना सकिएको थियो । अन्तिममा पालो परेका वडा नं. १९ र २० मध्ये १९ वडाको मतगणना आइतबार साँझ सुरु भएको थियो ।

प्रतिष्पर्धामा रहेका सबै मुख्य दलले मतपत्र च्यातिनुको कारण भने एउटै दिएका छन् । आफ्नो पार्टीका उम्मेदवारले जित्ने अवस्था बनेपछि प्रतिष्पर्धीले मतपत्र च्यात्यो भन्ने आरोप सबैको छ ।

मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्दशन कुरेर बसेका छन् । चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नं. १९ मा पुनः निर्वाचन गराउन माग गर्न थालिसकेका छन् । एमालेले पुनः निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ । चितवन एमालेले यही मागका साथ सोमबार भरतपुरमा विरोधसभा पनि गर्यो । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment