Comments Add Comment

चाँगुनारायण नगरपालिकामा एमालेको ‘लिड’, पछ्याउँदै कांग्रेस

८ वडामा प्यानलसहित एमाले विजयी

१६ जेठ, काठमाडौं । चाँगुनारायण नगरपालिका, भक्तपुरको जारी मतगणनामा एमाले नगरप्रमुखका उम्मेदवार सोम मिश्रले अग्रता लिएका छन् । उनले सात हजार ४६४ मतका साथ अग्रता लिँदा नेपाली काँग्रेस नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले छ हजार ३९७ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेकै विना बास्तोलाले अग्रता लिएकी छन् । उनले ७ हजार ८३६ मत प्राप्त गरी अग्रता बनाउँदा कांग्रेसकी सरु बाँनिया छ हजार ९६५ मतका साथ पछ्याइरहेकी छन् ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाह तेस्रो स्थानमा छन् । उनले चार हजार ९८१ मत ल्याएका छन् । उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत पाएकी छन् ।

नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत ल्याएका छन् ।

चाँगुनारायण नगरपालिकाका– ८ मा एमाले प्यानल विजयी भएको छ । एमाले वडाध्यक्ष उम्मेदवार परासर सापकोटा राप्रपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

विजयी सापकोटाले १ हजार १९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरे ।

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment