Comments Add Comment

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए ।

तर, एमाले अनुपस्थित भएको छ । कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको नेताहरुले बताएका छन् ।

संसद भवन बानेश्वरमा जारी बैठकमा संसदमा रहेका अन्य दलका शीर्ष नेताहरु भने सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment