Comments Add Comment

माओवादी केन्द्र डोटीले उम्मेदवार टुंग्यायो, कहाँ को ?

१६ जेठ, डोटी । नेकपा माओवादी केन्द्र डोटीले स्थानीय तह उम्मेदवारको टुंङ्गो लगाएको छ । सो पार्टीले सोमवार दुई नगरपालिकासहित नौ स्थानीय तहका उम्मेदवारहरुको नाम टुङ्गो लगाएको हो ।

नेकपा माओवादी केन्द्र डोटीले दिएको जानकारी अनुसार, दिपायल सिलगढी नगरपालिकाको मेयरमा प्रेमबहादुर नेपाली र उपमेयरमा अन्जिता श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

यस्तै शिखर नगरपालिकाको मेयरमा रमेश जोशी ‘सैपाल’ लाई उम्मेद्वार बनाइएको छ । सैपाल माओवादी विद्रोहमा लागेका व्यक्ति हुन् । उपमेयरमा भने नेत्रा साउद बोहरालाई उम्मेवादर बनाइएको छ ।

यस्तै गाउँपालिकाहरुमा बोगटान गाउँपालिका अध्यक्ष पदका लागि कमलबहादुर गडसिला ‘एनान’ र उपाध्यक्षका लागी चित्रा भुल, बड्डी केदार गाउँपालिकामा अध्यक्षका लागि जंग बिक ‘शैलेन्द्र’ र उपाध्यक्षका लागि धनमाया घर्ती, जोरायल गाउँपालिकाको अध्यक्षमा छबी ओली, के. आई सिंह गाउँपालिकाको अध्यक्षमा सिद्धराज भाट र उपाध्यक्षमा शारदा लुहारलाई उम्मेदवार बनाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

त्यसैगरी, आर्दश गाउँपालिकाको अध्यक्षमा भरतबहादुर बोहरा ‘योगन्द्र’, सायल गाउँपालिकाको अध्यक्षमा बलबहादुर ओली, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका लागि यज्ञ गिरी उम्मेदवार रहेको माओवादी डोटीका ईञ्चार्ज त्रिलोचन भट्टले जानकारी दिए । शैलेन्द्र, योगेन्द्र, एनान र छबी पनि द्वन्द्वकालमा भूमिगत जीवन बिताएका कार्यकर्ताहरु हुन ।

नयाँ शक्ति नेपाल डोटीसंग पार्टी एकता गरेको माओवादी केन्द्रले सबै स्थानीय तहको प्रमुख उम्मेदवार टुङ्गाएको भए पनि चार स्थानीय तहका उपप्रमुखका उम्मेद्वारहरुको अझै टुङ्गो लगाउन सकेको छैन । दुई पार्टी एक भएपछि आपसी छलफलद्वारा उम्मेद्वारको टुंगो लगाउनु पर्ने भएका कारण मंगलवार साझसम्म टुंग्याइने माओवादी केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment