Comments Add Comment

चाँगुनारायण नगरपालिकामा एमाले विजयी, सोम मिश्र बने मेयर

भक्तपुरका ४ नगरपालिका मध्ये ३ एमालेले जित्यो

१६ जेठ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुबै जितेको छ ।

चाँगुनारायणको मेयरमा एमालेका सोम मिश्र ८५१२ मत प्राप्त गरि विजयी भएका छन् ।  उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६८६९ मत प्राप्त गरे  ।

त्यस्तै, उपमेयरमा एमालेकै बिना बास्तोला ८७७९ मत प्राप्त गरि विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी सरु बानियाँले ७४७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकाका ९ मध्ये ७ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा निर्वाचित सोम मिश्र एमाले केन्द्रीय सदस्य हुन् ।

चाँगुनारायण नगरपालिकाको मत परिणामसँगै भक्तपुरका सबै चार नगरपालिकाको निर्वाचन प्रक्रिया टुंगिएको छ । जिल्लाका ४ मध्ये ३ नगरपालिका जितेर एमाले भक्तपुरको सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।

एमालेले सूर्यविनायक, मध्यपुर र चाँगुनारायण नगरपालिका जितेको छ । यी मध्ये चाँगुनारायण क्षेत्र नम्बर १ मा पर्छ भने अन्य दुई नगरपालिका क्षेत्र नम्बर २ मा पर्छन् । क्षेत्र नम्बर २ कांग्रेसले सांसद जितेको क्षेत्र हो ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिका जितेर आफ्नो विरासत कायम गरेको छ । यो नारायणमान बिजुक्छेले जितेको क्षेत्र नम्बर १ हो ।

भक्तपुरमा मजदूर किसान पार्टीसँगै प्रतिस्पर्धामा रहने गरेको नेपाली कांग्रेस यसपटक एउटा पनि नगरपालिका जित्न सकेन । नेकपा माओवादी केन्द्रले भने जिल्लाभर एउटा वडा समेत जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment