Comments Add Comment

उदयपुरमा काँग्रेस,एमाले र माओवादीले उम्मेदवार टुंग्याए

१६ जेठ, उदयपुर । स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित ८ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार चयन गरेका छन्  ।

एमालेले सोमबार जिल्लाका ८ वटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ ।

जिल्लाको त्रियुगा नगरपालिकामा एमालेले मेयरका लागि बलदेव चौधरी र उपमेयरमा सृजना दनुवारको नाम सार्वजनिक गरेको छ ।

यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ मेयर र उपमेयरमा भीमकुमारी राउत, बेलका नगरपालिकामा मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा मेयरमा नरेन्द्रबहादुर राउत र उपमेयरमा कान्ता राई रहेको एमाले प्रचार विभाग उदयपुरका प्रमुख परमेश्वर घिमिरेले बताए ।

यस्तै, उदयपुरगढी गाउँपालिकाबाट एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्की रहेको एमाले उदयपुरले बताएको छ ।

यता नेपाली काँग्रेस उदयपुरले त्रियुगा नगरपालिकाको मेयरमा वसन्तकुमार बस्नेत र उपमेयरमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको मेयरमा खगेन्द्र राई, बेलका नगरपालिकाको मेयरमा अशोक कार्की र उपमेयरमा दीपा राई, कटारी नगरपालिकाको मेयरमा ज्ञानेन्द्र मानसिंह राउत र उपमेयरमा सरस्वती ढुङ्गाना रहेका छन् ।

यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उमेदवार चयन गरेको कुरा काँग्रेस उदयपुर प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताए ।

यता नेकपा माओवादी केन्द्र, उदयपुरले पनि जिल्लाका पाँच स्थानीय तहमा उमेदवार निर्धारण गरेको छ । जिल्लाको कटारी नगरपालिकाको मेयरमा केपी बराल र उपमेयरमा मीना कोइराला, बेलका नगरपालिकाको मेयरमा रमण भट्टराई र उपमेयरमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुङ्गराज विकलाई अध्यक्षमा नाम सिफारिस गरेको माओवादी केन्द्र उदयपुरका पार्टी अध्यक्ष विनोद कटुवालले जानकारी दिए ।

बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादी केन्द्र उदयपुरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment