Comments Add Comment

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्य, महासचिव पोखरेल चितवन जाँदै

निर्वाचन आयोगको अनुगमन टोली पनि भरतपुरमा

१६ जेठ, काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना जहाँबाट स्थगित भएको हो त्यहिँबाट शुरु हुनुपर्ने बताएको छ । रेणु दाहालले चुनाव हार्ने निश्चित भएपछि पुनः मतदान गराउने नियत राखेर मतपत्र च्यातिएको भन्दै एमालेले पुनः मतदान स्वीकार्य नहुने निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

पुनः मतगणना बाहेक अरु विकल्प नरहेको भन्दै एमालेले भरतपुरमा शीर्ष नेता नै पठाउन लागेको छ । मंगलवार महासचिव इश्वर पोखरेल भरतपुर जाँदैछन् । भरतपुरका जनता र कार्यकर्तालाई निराश बन्न नदिन आफू त्यहाँ जान लागेको महासचिव पोखरेलले बताए ।

पुनः मतगणनाको माग गर्दै मंगलवार विहानैदेखि भरतपुरमाा एमालेले प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा सहभागी हुन र पुनः मतगणनालाई दबाव दिन एमालेले महासचिव पोखरेललाई भरतपुर पठाएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेरै पुनः मतदान स्वीकार्य नहुने जानकारी गराइसकेका छन् । यदि भरतपुरमा पुनः मतदान गराइएमा अबका चुनावमा हार्ने पक्षले मतपत्र च्यात्ने गलत परम्परा स्थापित हुने चेतावनी आयोगलाई दिइएको नेम्वाङले बताए ।

उनले भने, ‘भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेर जघन्य अपराध गरेका छन्, अपराधीलाई कडा कारवाही गर्ने र च्यातिएका मतपत्र गन्न मिल्नेलाई गन्ने, बाँकीलाई सिलबन्दी गरेर मतगणना अघि बढाउने बाहेक अरु विकल्प छैन । पुनः मतदान गराउने नियतलाई बढावाव दिइयो भने आयोग नै अप्ठेरोमा पर्नेछ ।’

निर्वाचन आयोगले भरतपुरमा मतपत्र च्यातिएको घटनाको अनुगमन गर्न सहमहान्यायाधिवक्ताको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ । टोली भरतपुर गुगिसकेको छ ।

मतपत्र च्यातिएपछि माओवादी केन्द्र र कांग्रेसले वडानम्बर १९ को पुनः मतदान माग गरेका छ भने एमालेले पुनः मतदान अस्वीकार गरेको छ । आयोगले अनुगमन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान वा पुनः मतगणनाको निर्णय गनर्ेे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment