Comments Add Comment

होटल र्‍याडिसनका सञ्चालक बीके श्रेष्ठको निधन


१६ जेठ, काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी तथा र्‍याडिसन् होटलका मालिक बीके श्रेष्ठको मंगलबार बिहान निधन भएको छ । होटल व्वसायी संघ (हान) का पुर्व अध्यक्षल समेत रहेका श्रेष्ठको मंगलबार बिहान निधन भएको हानका महासचिव बिनायक शाहले जानकारी दिए ।

उनले भने ‘लामो समयदेखि क्यान्सरका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको थियो, उहाँको मंगलबार बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।’

श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा झण्डै ४० वर्षदेखि संलग्न थिए । नेपालको पर्यटन व्यवसायीमा अग्रणी ब्यक्तिका रुपमा चिनिने श्रेष्ठ सन् २०१४ देखि २०१६ सम्म हानका अध्यक्ष थिए ।

हिमालयन ट्राभलबाट पर्यटन क्षेत्रको व्वसायमा छिरेका श्रेष्ठले र्‍याडिसनलाई सफल रुपमा सञ्चालन गरिरहेका थिए । शाहकाअनुसार उनको दिउँसो अन्त्येष्टिको तयारी हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment