Comments Add Comment

महंगियो सुर्ती, गुट्का र चुरोट, ८ देखि १० प्रतिशत बढ्यो अन्त:शुल्क


१६ जेठ, काठमाडौं । सरकारले नयाँ बजेटमार्फत् सुर्ती र चुरोटको भाउ करिब १० देखि १२ प्रतिशतको दरमा बढ्ने भएको छ ।
सरकारले यी बस्तुको अन्त:शुल्क ८ देखि १० प्रतिशतसम्म वृद्धि गरेको छ । सरकारले यी बस्तुको अन्त:शुल्क २३ रुपैयाँदेखि १ सय ८७ रुपैयाँसम्म बढाएको हो ।

सरकारले फिल्टर नभएको चुरोटमा प्रति एम अन्त:शुल्क ८ प्रतिशतले (२८ रुपैयाँ) ले बढाएर ३ सय ७४ पुर्याएको छ । चालु आवमा यसको दर ३ सय ४६ रहेको छ ।

समरुपी वा पुननिर्मित, चुना मिलाईएको, कट टोबाको र धुलो सुर्ती १० प्रतिशतले (२३ रुपैयाँ) ले बढेर २ सय ५३ रुपैयाँ पुगेको छ । यो दर हाल २ सय ३० छ ।

जर्दा, खैनी, नस, गुट्खा, निकोटिनयुक्त पान मसलाहरुको अन्त:शुल्क प्रति किलो ग्राम १० प्रतिशतले बढेर ४ सय ६२ रुपैयाँ पुगेको छ । यसको दर हाल ४ सय २० रहेको छ ।

७० मिमिसम्म लम्बाई भएको चुरोट (सुर्ती भएको) को अन्त:शुल्क पनि ८ प्रतिशत बढेर ८ सय ५९ रुपैयाँ पुगेको छ ।

७० देखि ७५ मिमिसम्म लम्बाई भएको चुरोटको अन्त:शुल्क करिब ९ (८.९८) प्रतिशत बढेर १ हजार १ सय १६ पुगेको छ । यसको दर हाल १ हजार २४ रुपैयाँ रहेको ।

७५ देखि ८५ मिमिसम्म लम्बाई भएको चुरोटको अन्त:शुल्क करिब ९ (८.९८) प्रतिशत बढेर १ हजार ४ सय ५६ पुगेको छ । यसको दर हाल १ हजार ३ सय ३६ रुपैयाँ रहेको ।

८५ मिमि भन्दा बढि लम्बाई (फिल्टर भएको) चुरोटको अन्त:शुल्क १० प्रतिशतले बढेर २ हजार ५५ रुपैयाँ पुगेको छ । हाल यो दर १ हजार ८ सय ६८ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment