Comments Add Comment

तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते

१६ जेठ, घोराही । दाङको तुलसीपुरमा यात्रु बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

तुलसीपुरबाट दमारगाउँ जाँदै गरेको ग १ ख ५०९६ नम्बरको बस मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-१२ स्थित उरहरी चोक नजिकै दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा अमर मावि उरहरीका शिक्षक चिन्तामणि पोख्रेल, शिक्षिका अनिता रेग्मी, तुलसीपुर १२ कचिला निवासी लक्ष्मीमान चौधरी लगायत छन् । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment