Comments Add Comment

सेञ्चुरी कमर्सियलले सेति फाइनान्स एक्वायर गर्ने


१६ जेठ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेति फाइनान्सलाई एक्वायर गर्ने भएको छ ।

हाल ३ अर्ब ६८ करोड चुक्तापुँजी रहेको बैंकले यसअघि अल्पाइन डेभलपमेन्ट, इन्नोभेटिभ डेभलपमेन्ट, अरनिको बिकास बैंक र सगरमाथा फाइनान्स एक्वायर गर्ने प्रक्रियामा छ । यी ४ संस्थाबाट बैंकले २ अर्ब प्राप्त गर्नेछ । यता, सेती फाइनान्सको चुक्ता पुँजी भने ६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

सेती फाइनान्सको सेयर कारोबार रोक्का भएको छ भने सेञ्चुरीको मूल्य घटेर कारोबार भइहेको छ । सेञ्चुरीले ४० प्रतिशत हकप्रद समेत दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment