Comments Add Comment

उर्लावारीको चुनावका साझा एजेण्डा : नदी कटान नियन्त्रण, सुकुम्बासी समस्या समाधान

यसरी हुँदैछ त्रिपक्षीय प्रतिस्पर्धा

१६ जेठ, बिराटनगर । पूर्वाञ्चलकै घनाबस्ती र सम्भावनायुक्त शहरका रुपमा विकसित भइरहेको उर्लावारी नगरपालिकामा चुनावी गर्मीले राजनीतिक दललाई मात्र होइन सर्वसाधारणलाई पनि तताई सकेको छ ।

पछिल्लो समय तीव्र विकास भएको उर्लाबारी शहरमा आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमखु तीन दललेे मेयरका उम्मदेवार समेत टुंगो लगाइसकेपछि चुनावी माहौल तातेको हो ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पर्ने उर्लाबारी नगरापलिकाको मेयरका लागि कांग्रेसले खड्ग फागो,एमालेले भुपाल जिमी र माओवादी केन्द्रले राजेन्द्र पौडेललाई अघि सारेका छन् ।

जिमी एमाले मोरङका जिल्ला सचिवालय सदस्य हुन । फागो कांग्रेसका ९ नम्बर क्षेत्रीय सभापति हुन् भने पौडेल माओवादी केन्द्रका नगर अध्यक्ष हुन् । जनजाति समुदायको उल्लेख्य बसोबास रहेको नगरपालिकामा कांग्रेस र एमालेले जनजाति उम्मेदवार भिडाएका छन् ।

एमालेले उर्लाबारीको उपमेयरमा राष्ट्रपति विद्यादेवी भण्डारीकी देवरानी लक्ष्मी भण्डारीलाई उम्मेदवार बनाएकाले पनि यहाँको चुनावी चर्चा बढिनै छ ।

उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता समूह बनाएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । घर घरमा दलका चुनाव चिन्ह अंकित झण्डाहरु फहराइरहेका छन् ।

उर्लावारी नगरपालिका

नयाँ संरचना अनुसार उर्लावारी नगरपालिका ,मधुमल्ला ७ र ९ र राजघाट गाविस गाभेर उर्लावारी नगरपालिका वनाइएको छ । पुर्वी मोरङमा पर्ने उर्लावारी नगरपालिकामा ९ वडा कायम गरिएको छ ।

कुल जनसंखया ५४ हजार ६ सय ९६ जनसंख्या रहेको उर्लावारी नगरपालिकामा ३४ हजार ४ सय ९६ मतदाता छन । निर्वाचनका लागि ४१ मतदान केन्द्र अन्तर्गत १८ मतदान स्थाल र १९ वटा वुथ कायम गरिएको छ । नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा ४७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन ।

यस्ता छन् मेयर उम्मेदवारका एजेण्डा

खड्ग फागोःमेयर उम्मेदवार, नेपाली काग्रेस

उर्लावारी नगरपालिकालाई पुर्वाधारयुक्त शहर निर्माणमा मेरो पहिलो प्रयास हुनेछ । खानेपानी सरसफाई र व्यवस्थित ढल निर्माणसहित सडक सञ्जालले सवै वडालाई जोडने मेरो एजेण्डा रहेको छ । नगर क्षेत्रको वाहिरि रिङरोड निर्माणको कार्यलाई पनि पाथमिक्तामा राखेको छु । स्थानीय खोलाहरुलाई व्यवस्थित गर्न तटवन्ध निर्माण गर्ने पनि मेरो एजेण्डा छ । सुकुमवासी समस्या हल गर्ने मेरो अर्को एजेण्डा रहेको छ । त्यसैगरी उर्लावारी नगरपालिका क्षेत्र भित्र रहेको सिमसार क्षेत्रलाई विकास र व्यवस्थित गरी पर्यटकीय स्थलको रपमा विकास गर्ने लक्ष्य मेरो रहेका छ ।

भुपाल जीमीः मेयर उम्मेदवार नेकपा एमाले

उर्लाबारी नगर क्षेत्रलाई थप विकासको गति दिन मेरो उम्मेदवारी हो । स्वच्छ सुन्दर हराभरा उर्लावारी नगर क्षेत्र वनाउन पहल गर्नेछु । स्थानीय खोलाका कारण वर्षौंदेखि समस्या भोग्दै आएका नगरवासीलाई कटानको समस्यावाट मुक्त गर्न आधुनिक तटबन्ध निर्माण गर्ने मेरो पहिलो एजेण्डा हो । उर्लावारी वजार क्षेत्रलाई हराभरा वनाउदै व्यवस्थित ढल निर्माण गरी डुवानको समस्यालाई हल गर्नेतर्फ मेरो लक्ष्य रहेको छ । वर्षौंदेखि रहेको सुकुमवासी समस्यालाई हल गर्न र व्यवस्थित वस्ति निर्माणमा मेरो ध्यान जानेछ । नगर क्षेत्रका सवै सडकहरुलाई नगरपालिकको मापदण्ड अनुसार फराकिलो वनाई मुख्य सडक क्षेत्रलाई कालो पत्रे गदै लैजाने लक्ष्य रहेको छ । खेलकुदको विकासका लागि रंगशाला निर्माण ऐतिहासिक स्थल एव पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गने मेरो लक्ष्य रहेको छ ।

राजेन्द्र पौडेलः मेयर उम्मेदवार माओवादी केन्द्र

उर्लावारी नगरक्षेत्रलाई व्यवस्थित र पुर्वाधारयुक्त शहर निर्माणका लागि व्यवस्थित ढल निर्माण,खानेपानी,सडक लगायतका पुर्वधार निर्माणमा मेरो विषेश जोड रहने छ । नगर क्षेत्र भित्रमा जेष्ठ नागरिकलाई ५ वर्ष भित्र मासिक ६ हजारको दरले भत्ता दिने योजना वनाएको छु । उर्लाबारी क्षेत्र आसपासमा नदीहरुलाई व्यवस्थित तटवन्ध गर्ने योजना मेरो प्राथमिकतामा रहेको छ । नगरक्षेत्रको वाहिरी भागमा रिङ रोग निर्माण र भित्री सडकहरुलाई जोडन लिङ्क रोड निर्माण गर्ने योजना रहेको छ ।

त्रिपक्षीय प्रतिस्पर्धा

उर्लाबारी नगरपालिका मोरङको ९ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्छ । सुदूरपूर्वी मोरङको घनाबस्ती भएको उर्लाबारी नगरपालिकामा विगतका दुईओटै स्थानीय निकायको निर्वाचनमा एमालेले जित हात पारेको थियो । त्यो बेला २ वडा कांग्रेसले जितेको थियो ।

एमालेले २०५४ सालमा आइपुग्दा सिंगो गाविसभरी ४७ ओटै पदमा विजयी भएर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । दुवै स्थानीय निकायको चुनावमा एमालेका तर्फवाट घनेन्द्र जिमी विजयी भएका थिए । उनको मृत्यु भइसकेको छ ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो निर्वाचन क्षेत्रमा दोस्रो संविधानसभामा कांग्रेसले जितेको थियो । दोश्रो संविधानसभाको चुनावसम्म उर्लावारी नगरपालिकासहितका क्षेत्रमा समेटिएको निर्वाचन क्षेत्र नम्वर ९ वटा नेपाली काग्रेसले जित हात पारेको थियो ।

नेपाली कांग्रेसका मोरङ सभापति डिकवहादुर लिम्वुले १५ हजार बढी मत प्राप्त गरी विजयी भएका थिए । एमालेका घनश्याम खतिवडाले १३ हजार मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका वर्षमान पुनले करिव ९ हजार मत प्राप्त गरेका थिए । यद्यपी यो मत उर्लाबारीको मात्र होइन ।

मोरङको पूर्वपश्चिम राजमार्ग आसपास र केही पहाडी भू-भाग समेटिएको उलावारी नगरपालिका क्षेत्रको विषेशत ५ ,६ र ७ वडा नगर क्षेत्रमा पर्छन् । नया संरचना अनुसार उर्लावारी नगरपालिकामा समेटिएका मधुमल्ला, राजघाट ,इटहरा क्षेत्र विषेशत एमालेको पकड रहेका गाउँ मानिन्छन् ।

विगतका निर्वाचनको मत परिणमलाई हेर्दा तत्कालको सयममा उर्लावारी सबै गाविस एमालेको पकड रहेपनि दुई दशकपछि हुन लागेको आगामी निर्वाचनमा त्यो बेलाको मतमा फेरबदल हुने अनुमान अन्य राजनीतिक दलमा छ ।

स्वतन्त्र मतदाताले भने स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्ति हेर्ने भएकाले कुनै पनि दलको जितको आधार ती मतदाता हुन सक्छन् । अहिलेको अवस्था हेर्दा उर्लाबारीमा एमाले,कांग्रेस र माओवादीकै प्रतिस्पर्धा हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment