Comments Add Comment

‘बाहुवली २’लाई व्यापारमा जित्यो ‘दंगल’ले


यतिबेला चलचित्र ‘बाहुवली २’को निकै चर्चा छ । भारतमा मात्र हजार करोड भन्दा बढी कमाई गरेको यो चलचित्रले विश्वभरबाट १५ सय करोड माथिको व्यापार गरिसकेको छ । विश्वभरबाट सबैभन्दा बढी कमाउने चलचित्र भनेर यसको चर्चा भैरहेको छ ।

तर, एक हिन्दी चलचित्रले साउथ इन्डियन चलचित्रको व्यापारको गतीलाई उछिनेको छ । नायक आमिर खान अभिनित चलचित्र ‘दंगल’ले ‘बाहुवली २’को व्यापारलाई उछिनेको छ । दंगलले चीनको बक्स अफिसमा हजार करोड नजिकको व्यापार गरेपछि यसले विश्वमै सबैभन्दा बढी कमाउने भारतीय चलचित्रको रेकर्ड बनाएको हो । चीन बाहेक अन्य देशबाट चलचित्रले ७४५ करोड कमाएको थियो ।

तर, चीनमा विगत ४ सातादेखि प्रदर्शन भैरहेको यो चलचित्रले अहिलेसम्म ९४२ करोडको व्यापार गरेको छ । यस्तै, ताइवानमा चलचित्रले ३२ करोडको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा यो चलचित्रले ३८६ करोड कमाएको थियो ।

तर, यो चलचित्रले बनाएको रेकर्डलाई ‘बाहुवली २’ले चाडै नै तोड्नेछ । कारण, ‘बाहुवली २’ अहिलेसम्म चीनमा प्रदर्शन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment