बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

मैले अंग्रेजी बोल्दा बलिउडका कलाकार डराउँथे: विल्सन विक्रम (तक्मे बुढा)

'केकीले वुद्धिसँग, 'साइलाले साइली'सँग बिहे गर्दा हुन्छ'

अनलाइनखबर


हाँस्य कलाकार विल्सन विक्रम राइ निर्मित तथा अभिनित चलचित्र ‘रातो घर’ जेठ १९ गते शुक्रबारबाट रिलिज हुँदैछ । केही हप्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा कलाकार सुनिल थापाले विल्सन यो चलचित्रको हिरो हुन् भनिदिएपछि, उनी मख्ख छन् । सुरज सुब्बा निर्देशित यो चलचित्रमा गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

‘रातो घर’को अर्थ ‘जेल’ भनेर वुझिन्छ । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा विल्सनले चलचित्र र आफ्नो करिअरको बारेमा रमाइलो कुराकानी गरे ।

विल्सनसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

हालैमात्र बलिउड नायिका आयषा टाकियासँग बलिउड चलचित्रमा काम गरेर फर्किएका विल्सनले त्यहाँ काम गर्दाको अनुभव सुनाए । उनले भने-‘त्यहाँ त मेरो अंग्रेजी देखेर सबै डराउथ्य । कारण, मेरो नाम नै विल्सन हो नी । बेलायतबाट आएको भन्ने सोच्थे मलाई ।’

विल्सनले केही नेपाली कलाकारको बिहे समेत गराइदिए । उनले, नायिका केकी अधिकारीलाई वुद्धि तामाङसँग बिहे गर्न सुझाव दिए भने आफूले बिहे गर्ने नायिका नै भेटेनन् । आजसम्म लभ परेको छैन भन्ने प्रश्नमा उनले भने-‘कहाँ को पर्नु, आफ्ना त सबै दिदीबहिनी । सबैले ‘तक्मे बाजे’ भन्छन् ।’

२०७४ जेठ १७ गते १८:०२ मा प्रकाशित (२०७४ जेठ १८ गते १५:०७मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • ullas makrati लेख्नुहुन्छ    |   २०७४ जेठ १८ गते १७:५८

    यो जत्ति हावा मान्छे मैले ऐले सम्म देख्या छैन
    हुन त नेपालि फिलिम का सो कल्ड कलाकार हरु सबै उस्तै

    5
    11
    Share

  • james लेख्नुहुन्छ    |   २०७४ असार १९ गते २२:२७

    ali badhi bolis babu !! desh lai chinaune ho n ta ko ho dhoti lai chinaune haina !!

    3
    3
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this