Comments Add Comment

निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता असार २ गते

१७ जेठ, काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखेको छैन ।

यसअघि नै आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाले कार्यसुचीमा नराखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment