Comments Add Comment

अन्ततः शेरबहादुर देउवालाई कमल थापाको समर्थन


२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गराएका छन् । आफूले अहिलेसम्म विवेक प्रयोग गरेर निर्णय गरेको तर, यो बहुमत अल्पमत हेरेर निर्णय गरेको उनले बताए ।

देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखत पत्र पठाएर राप्रपालाई सरकारमा रहभागी हुन आग्रह गरेका थिए । स्रोतका अनुसार राप्रपालाई चारवटा मन्त्रालय दिने देउवाले आश्वासन दिएका छन् ।

बैठकले देउवा सरकारमा जाने मन्त्रीहरू सिफारिस गर्न कुन्तिकुमारी शाही, जयन्तबहादुर चन्द र दिलनाथ गिरी सम्मिलित कार्यदल बनाएको छ ।

यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् 

विजयबासमा राप्रपा नेताको बाझाबाझ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment