Comments Add Comment

‘सुशील र मबीच प्रेमको फिलिङ्स आउँदैन’: बर्षा सिवाकोटी

बर्षाले खगेन्द्र लामिछानेसँग बिहे गर्दा हुन्छः सुशिल


नायिका बर्षा सिवाकोटी र नायक सुशिल श्रेष्ठ प्रेममा रहेको चर्चा नेपाली चलचित्र बजारमा सुनिन्छ । तर, यो जोडी प्रेमको कुरा स्विकार्न तयार छैन ।

अनलाइनखबरको ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा बर्षा र सुशिलले एक अर्काविचको निकट सम्बन्धको अर्थ खोले । यी दुई अभिनित चलचित्र ‘कारखाना’ असार १६ गतेबाट रिलिज हुँदैछ ।

बर्षा र सुशिलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


हामीले बर्षालाई प्रश्न सोध्यौ, सुशिल श्रीमान् वा प्रेमीमध्ये कुन हुन सक्छन्, जसमा बर्षाले भनिन्-‘उनीमा श्रीमान्मा हुनुपर्ने गुण छ ।’ यता, सुशिल पनि बर्षामा ‘श्रीमति’मा हुनुपर्ने गुण देख्छन् । उनले, त बर्षामा रहेका ५ वटा गुण नै बताइदिए ।

सुशिल चलचित्र क्षेत्रमा आएसँगै उनको ‘सिक्स प्याक्स’को चर्चा धेरै हुने गरेको छ । उनले, चलचित्र ‘कारखाना’को ट्रेलरमा देखिएको आफ्नो प्याक्स त झलक मात्र भएको भन्दै बाँकी हेर्नका लागि हलमै जानुपर्ने बताए ।

कुराकानीका क्रममा हामीले, सुशिललाई बर्षाले कोसँग बिहे गर्दा जोडी सुहाउँछ भन्ने प्रश्न सोधेका थियौ, जसमा उनले जवाफ दिए-‘खगेन्द्र लामिछाने ।’

नायिका बर्षा सिवाकोटीले भने सुशिललाई ‘सायद २’की नायिकासँग बिहे गर्न सुझाव दिइन् । अनलाइनखबरको क्यामेरा अगाडि सुशिलले बर्षालाई प्रेम प्रस्ताव राखे । जसमा बर्षाले कस्तो जवाफ दिइन्, यसका लागि तपाइले पुरा भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment