Comments Add Comment

ईपीएस परीक्षाको तयारी पुरा, इलेक्ट्रोनिक डिभाइस बोक्ने परीक्षार्थी ‘रेस्टिकेट’ हुने


२४ जेठ, काठमाडौं । सरकारले जेठ २७ र २८ गते हुने ईपीएस कोरियन भाषा परीक्षाको तयारी पुरा गरेको छ । आज परीक्षा सञ्चालनका लागिकोरियाबाट ५५ जनाको मानव संसाधन अधिकारीको टोली आउँदैछ ।

२७ र २८ गते गरेर ४ सिफ्टमा परीक्षा गर्न लागिएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए । त्यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा कैन्द्र निर्धारण गरिएको छ ।

गतवर्षहरुमा पोखरमा पनि परीक्षा केन्द्र तोकिन्थ्यो । तर, यो वर्ष प्राविधिक कारण सबै परीक्षार्थीलाई काठमाडौंमा परीक्षा लिन लागिएको भण्डारीले बताए ।

परीक्षार्थीलाई आफ्नो परीक्षा तालिका अनुसार तयारी गर्न शाखाले अनुरोध गरेको छ । भण्डारीले परीक्षाका दिन मोबाइल, ट्याब, स्मार्ट वाच लगायत इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने बताए ।

‘इलेक्ट्रोनिक्स कुनैपनि डिभाइस परीक्षार्थीले ल्याउन पाउँदैनन् । ल्याए भने रेस्टिकेट गरिनेछ’ भण्डारीले भने ।
परीक्षार्थीले अनलाइन भर्दा इमेलमा आएको प्रवेशपत्रको रंगीन पि्रन्ट पनि ल्याउनुपर्नेछ । सँगै एमआरपी पनि अनिवार्य गरिएको छ ।

यो वर्ष ७५ हजार ५ सय ८० जनाले परीक्षा दिँदैछन् । त्यसममध्ये १० हजार २ सय जना परीक्षामा उर्त्तीण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् । असार १६ गते परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

कुन परीक्षार्थीले कहाँबाट कहिले परीक्षा दिँदैछन् ? हेर्नुस्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment