Comments Add Comment

वैदेशिक रोजगारीमा जाने नेपालीका समस्या हटाउन महराले बनाए कार्यदल


२४ जेठ, काठमाडौं । उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधानका लागि उच्च स्तरीय कार्यदल गठन गरेका छन् । आफ्नो कार्यभार सम्हाल्दै उनले पहिलो निर्णय नै वैदेशिक रोजगारीसम्बद्ध विषयमा गरेका हुन् ।

वैदेशिक रोजगारीका चुनौती र सम्भावना केलाउँदै मन्त्रालयबाट गर्नुपर्ने तत्कालीन, मध्यकालीन र दिर्घकालीन प्राथमिकता निर्धारण गर्न परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधीहरु रहेको कार्यदल गठन भएको हो ।

कार्यदलले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले तोकिए बमोजिमको रोजगारी र सुविधा नपाउने, अलपत्र पर्ने, कानुनी हैसियत गुमाउने, जेलमा पर्नुपर्ने, निधन हुने तथा उद्धारको प्रतिक्षामा बस्नुपर्ने जस्ता समस्या समाधान गर्नका लागि योजना बनाउनेछ ।

खासगरी खाडी मुलुकमा काम गर्ने नेपालीहरुले यी समस्याहरु भोगिरहेका छन् । ति देशमा १५ लाख नेपालीहरु कामदारका रुपमा रहेको अनुमान छ ।

आज नै उपप्रधान तथा परराष्ट्रमन्त्री महराले मन्त्रालयका कर्मचारीहरुलाइ निर्देशन दिदै-‘राष्ट्रिय स्वाधिनतालाइ प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रहरुसँग मित्रवत ब्यबहार गर्ने’ आफ्नो प्राथमिकता हुने बताए ।

‘हामीले हाम्रो मन्त्रालयबाट मात्र हैन, अरु मन्त्रालयबाट भएका कामहरुले हाम्रो राष्ट्रियतामा आँच पुगेको छ की छैन ? भनेर पनि चनाखो भएर हेर्नुपर्छ’ उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले मन्त्रालयका कर्मचारीहरुलाइ राखेर भने-‘तपाईहरुले आफुलाइ हैन, देशलाइ केन्ऽमा राखेर काम गर्नुहोस । त्यही कामले तपाइहरुको मूल्याङ्न हुनेछ ।’

मन्त्रालयका सचिब शंकरदास बैरागी सहित मन्त्रालयका अधिकारीहरुले उपप्रधानमन्त्री महरालाइ मन्त्रालयमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment