Comments Add Comment

‘लाल्टिन’ को ‘रोड कन्सर्ट’ ले व्यापारमा कति फाइदा ?


भोली शुक्रबारबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’ले काठमाण्डौ, भक्तपुर र ललितपुरमा रोड कन्सर्ट मार्फत प्रचारलाई तिव्रता दिएको छ । कन्सर्टमा गायक विनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथमा चलचित्रको टिम उपस्थित थियो ।

रोड कन्सर्ट विभिन्न ८ वटा स्थानमा गरिएको बताइएको छ । ८ वटै स्थानमा दर्शकको उपस्थिती उत्साहजनक रहेको चलचित्रका निर्माता तथा कलाकार भानु प्रतापले जानकारी दिए । यो उत्साह हलमा पनि देखिनेमा भानु विश्वस्त देखिएका छन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग शाही लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले मिलेर निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment