Comments Add Comment

संविधान संशोधन चुनावपछि, राजपाले चुनाव बहिस्कार गर्ने

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जाहेर गर्दै तराई, मधेस केन्द्रित दललाई चुनावमा भाग लिई सहयोग गर्न आग्रह गरेका छन् ।

संसद् बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनाव मिति नजिक आइसकेको र तत्काल संविधान संशोधन विधेयक पारित गर्न आवश्यक बहुमत संख्या नपुग्ने भएकाले निर्वाचनपछि संशोधन हुनेमा ढुक्क हुन आग्रह गर्दै राजपालगायत दललाई चुनावमा सहभागी हुन अपिल गरेका हुन् ।

तर, दोस्रो चरणको निर्वाचनपछि मात्र संविधान संशोधन हुने प्रधानमन्त्री देउवाले प्रष्ट पारेपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनावमा नजाने निष्कर्ष निकालेको आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment