Comments Add Comment

चुनावमा भाग लिन्नौं भन्ने राजपा नेतालाई देउवाले सिंहदरबार बोलाए

२७ जेठ, काठमाडौं । संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा पनि भाग नलिने चेतावनी दिइरहेका राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् ।

माग पूरा नभई चुनावमा नजाने अडान लिँदै आएका राजपा अध्यक्ष मण्डलका अध्यक्षहरुलाई प्रधानमन्त्री देउवाले शनिबार मध्याह्न सिंहदरबारमा वार्ताका लागि बोलाएका हुन् ।

देउवाले राजपा नेताहरुलाई चुनावमा जाने वातावरण बनाउने आश्वासन दिइसकेका छन ।

संविधान संशोधन भने स्थानीय चुनावपछि मात्र हुने उनले शुक्रबारै संसद बैठकलाई सम्बोधन गर्ने क्रममा प्रष्ट पारिसकेका छन् । चुनावपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेको समेत समर्थन लिएर संविधान संशोधन गर्ने आश्वासन देउवाले दिएका छन् ।

राजपाले भन्दै आएको मुद्दा फिर्ता, शहीद घोषणालगायतका काम सरकारले गरिरहेको र बाँकी काम पनि चुनावअघि नै गर्ने देउवाले बताएका छन् । राजपालाई चुनावमा आउन प्राविधिक समस्या समाधानकै लागि संसदले स्थानीय तह निर्वाचन ऐनमा संशोधन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment