Comments Add Comment

हलमा कस्तो बल्यो ‘लाल्टिन’ ?


शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘लाल्टिन’ले शनिबार राम्रो व्यापार गरेको यसका निर्माता भानु प्रतापले जानकारी दिएका छन् । शुक्रबार राम्रै सुरुवात गरेको चलचित्रले शनिबार पनि हलमा दर्शक तानेको निर्माणपक्षले बताएको छ ।

शुक्रबार र शनिबार दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि आइतबारबाट वर्ड अफ माउथका कारण दर्शक बढ्ने विश्वास गरिएको छ ।
काठमाण्डौका मल्टिप्लेक्स र सिंगल हलमा शनिबार दर्शकको चाप उल्लेख्य रहेको दाबी निर्माता भानु प्रतापले गरेका छन् ।

चलचित्रका मुख्य नायक दयाहाङ राइले शुक्रबार पत्रकारसँग बसेर चलचित्र हेरेका थिए । नायिका प्रियंका कार्की भने चलचित्रको प्रचारमा देखिइनन् । अनिम श्रेष्ठ, राज केसी र भानु प्रतापले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । देवकुमार श्रेष्ठ चलचित्रका निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment