Comments Add Comment

सुशान्त र कृतीको ‘रब्ता’को न गतिलो समिक्षा, न गतिलो व्यापार


बलिउडमा यो बर्ष चलचित्रको व्यापारमा त्यती सन्तुष्ट हुने अवस्था छैन । बलिउडका ठूला ठूला स्टारको चलचित्रले पनि सुखद व्यापार गरिरहेका छैनन् ।

शुक्रबारबाट रिलिज भएको नायक सुशान्त सिंह राजपुत र नायिका कृती सेनन अभिनित चलचित्र ‘रब्ता’को पनि अवस्था त्यस्तै छ ।
यो चलचित्रले निकै कमजोर समिक्षा पाएको छ । बलिउडका चर्चित ट्रेड एनालिस्ट तरन आदर्शले त यो चलचित्रलाई शुन्य अंक दिएका छन् । उनका अनुसार, चलचित्रको कथावस्तु, कलाकारको अभिनय, निर्देशन सबै कमजोर छ ।

समिक्षकबाट निकै कमजोर समिक्षा पाएको यो चलचित्रले शुक्रबार ५.६१ करोडको ओपनिङ कारोबार गरेको छ । शनिबार चलचित्रको व्यापार ५.११ करोड छ ।

२ दिनमा फिल्मले १०.७२ करोडको व्यापार गर्‍यो । पूर्नजन्मको कथामा निर्माण भएको यो चलचित्रलाई दर्शकले खासै रुचाएका छैनन् । जसले गर्दा, सुशान्त र कृतीको करिअरमा समेत धक्का लागेको छ । अहिले नायक सुशान्त र नायिका कृतीको प्रेम चर्चा मिडियामा बढी चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment