Comments Add Comment

पुलिसमा भर्ती हुन नसकेपछि कुकुरका लागि सिर्जना गरियो नयाँ पद


कुकुर आफैंमा इमान्दार, मायालु तथा बफादार प्राणी हो । यसले आफ्नो प्रेम, त्याग तथा इमान्दारिता प्रदर्शन गरी मान्छेलाई नै आयलकायल पारिदिन्छ बेलाबखतमा । तर अष्ट्रेलियाको क्विन्सल्याण्डमा चाहीँ निकै प्यारो तथा मिलनसार हुनु नै एउटा कुकुरका लागि अभिसाप बनेको छ ।

आफ्नो त्यो मिलनसार तथा प्यारो बन्ने बानीका कारण उक्त कुकुरले प्रहरी बलको जागिर नै गुमाउनु परेको छ ।

गेबल नामको उक्त कुकुरलाई गत वर्षको अप्रिलमा सरकारी भवनमा ल्याइएको थियो । त्यतिबेला ऊ ६ हप्ताको थियो । उसलाई क्विन्सल्याण्ड पुलिस फोर्समा भर्ति गर्नका लागि ब्रिसबेनमा ४० वटा अन्य कुकुरसँगै राखेर १६ महिना तालीम दिइयो । तर ती ४१ वटा कुकुरमध्ये गेबल मात्र यस्तो कुकुर बन्यो जो तालीममा असफल भयो र पुलिसमा भर्ति हुन सकेन ।

आखिर के मा असक्षम भयो त गेबल ? खासमा गेबललाई पुलिसको अनुशासन अनुसार सिधा उभिनुको साटो अघिल्लो खुट्टा मोडेर लेट्नुमै मज्जा आउँथ्यो र उसै गथ्र्यो । क्विन्सल्याण्ड पुलिसमा गेबेलका परिवारका अन्य पाँचवटा सदसयले अहिले पनि काम गर्दछन् । तर गेबल चाहीँ अति मिलनसार हुनुका कारणले पुलिसमा जागिर खान पाएन । उसले तालीमका क्रममा अघिपछि देखा पर्ने सबै मानिससँग उस्तै मिलनसार स्वभाव देखाउँदथ्यो । जबकी पुलिसको कुकुर बढि कडा तथा रुखो स्वभावको हुनु आवश्यक हुन्छ ।

पुलिसमा भर्ति हुन नसकेपछि गेबललाई विदा गर्नुपर्ने भयो । तर त्यो मायालु कुकुलाई विदा गर्न सरकारी अधिकारीहरुको मनले दिएन ।

आखिर एउटा कुकुरका लागि एउटा नयाँ सरकारी पद सिर्जना गरियो । भाइस रिगल डग नामक पद सिर्जना गरेर सोही पदमा गेबललाई नियुक्त गरियो ।

अहिले गेबलले सरकारी कार्यक्रमहरुमा सहभागी भएर पाहुनाहरुको स्वागत गर्ने काम गर्दछ । भिडमा नडराओस् भन्नका लागि उसलाई अष्ट्रेलियन सैनिकको ब्याण्डबाजा सुनाउने गरिएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment