Comments Add Comment

साहरुख र ऐश्वर्याको ‘देवदास’ अब थ्रीडीमा


बलिउड नायक साहरुख खान र नायिका ऐश्वर्या राय अभिनित चलचित्र ‘देवदास’ रिलिज भएको १५ वर्ष पुरा भएको छ । यो मौकामा निर्देशक सञ्जयलीला भन्साली ‘देवदास’लाई थ्रीडीमा प्रदर्शन गर्ने योजनामा छन् ।

‘थ्री डीमा हेरेपछि थाह हुन्छ यो चलचित्रका प्रत्येक दृष्य एवं फ्रेम कत्तिको कलात्मक छ ।’ निर्देशक भन्सालीले भने । थ्रीडी भर्सनलाई अन्तराष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजना छ निर्देशक भन्सालीको ।

‘मलाई विश्वास छ अन्तरराष्ट्रिय बजारमा ‘बाहुबली’ले जुन रेकर्ड कायम गरेको थियो । देवदासले त्यो रेकर्ड तोड्छ ।’ ऐश्वर्या राय र साहरुख खान अभिनित यो चलचित्रमा साहरुखले एक प्रेमीको भुमिका निर्वाह गरेका थिए । पारुको भुमिका निर्वाह गरेकी ऐश्वर्याले दर्शकको मन जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment