Comments Add Comment

कुख्यात अपराधी शोभराजको ‘ओपन हर्ट सर्जरी’ सफल

२९ जेठ, काठमाडौं । बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी सफल भएको छ ।

शहीद गंगालाल हृदय रोग केन्द्रमा भएको शल्यक्रियामासंग्लग्न चिकित्सकहरुले सोमबार उनको सफल शल्यक्रिया भएको र अवस्था सुधारोन्मुख भएको बताएका छन् ।

नेपाल, भारत लगायत अन्य दक्षिण एसियाली मुलुकहरुमा २० बन्दा बढीको हत्याको आरोप खेपिरहेका सोभराजका शल्यक्रिया रामेश कोइरालाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले गरेको थियो ।

‘उनीसँग मुटु रहेछ Û र मैले त्यसभित्र भल्भ फिट गरेको छु र उनी खतरामुक्त छन् ।’ डाक्टर कोइरालाले ट्वीटरमा पोष्ट गरेका छन् । अपरेसन थियटरमा लागुभन्दा पहिले डाक्टर कोइरालाले सोभराजसँगको तस्वीर पनि पोष्ट गरेका थिए ।

सन् २००८ मा निहिता विश्वाससँग बिहे गरेका सोभराजलाई शल्यक्रियाहरु उनैले रगत दान गरेकी थिइन् । उनी आमा सकुन्तलासँग अस्पताल पुगेकी थिइन् । सकुन्तला ती वकिल हुन् जसले सोभराजबिरुद्ध चलिरहेको मुद्धामा उनको पक्षमा वकालत गरिरहेकी छन् ।

अस्पताल प्रशासनका अनुसार सोभराज र विश्वासको रक्त समूह ओ नेगेटिभ हो । अपरेसन अघि अस्पतालले आवश्यक परेको खण्डमा भन्दै रगतको जोहो गर्न भनेपछि उनले १ पाउण्ड रगत सोभराजका लागि दान गरेको बताइएको छ ।

पछिल्लो १२ बर्षदेखि सोभराज काठमाडौंको जेलमा बन्दी जीवन बिताइरहेका छन् । सन् १९७५ मा अमेरिकी पर्यटक कोन्नी जोय ब्रोञ्जिचको हत्या अभियोगमा सर्बोच्च अदालतले जन्मबैदको फैसला सुनाएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केहि साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सन १९७० को दशकमा उनले नेपाल र भारतमा गरी २० महिलाको हत्या गरेको बताइन्छ । महिलालाई मात्र निशानामा बनाउने सोभराज बिकिनी किलरको नामले कुख्यात छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment