Comments Add Comment

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

२९ जेठ, विराटनगर । चाँदीका गहनासहित एक जना भारतीय नगरिक विराटनगरमा पक्राउ परेका छन् ।

भारत विहार फारविसगञ्जका ६५ वर्षीय मोहमद राजालाई चाँदीका गहनासहित सोमबार विराटनगरको रानीबाट प्रहरीले पक्राउ गरेको हो ।

सरकारले चाँदीको गरगहना ओसारप्रसारमा वन्देज लगाएको छ । पक्राउ परेका मोहमत विराटनगरको रामजानकी मन्दिरस्थित सुन पसलका संचालक भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

प्रहरीका अनुसार मोहमदवाट वरामत गरिएको चाँदीका गहनाको बजार मूल्य करिव २ लाख रुपैयाँ बराबरको रहेको छ ।

भारतको जोगवनीवाट विराटनगरतर्फ चाँदीका गहना लिएर आउने क्रममा दुईनम्वर भन्सार ढाटवाट मोहम्दलाई पक्राउ गरेको प्रहरी निरीक्षक यादवले वताए ।

उनको साथबाट १३ जोडी पाउजु,सात थान कमरमा लाउने झुमर, ६ थान चाँदीको पन्जासहित एक थान लामो सिक्री प्रहरीले वरामद गरेको जनाएको छ ।

कम्मरमा लगाउने पटुकामा बाँधेर चाँदी उनले विराटनगर तर्फ ल्याएका थिए ।

विराटनगरवाट काँचो चाँदी भारतीय बजार जोगवनी लाने र जोगवनीवाट गहना बनाएर विराटनगर ल्याउने गिरोह सक्रिय भएपछी प्रहरीले सीमा क्षेत्रमा केही दिन यता निगरानी बढाएको थियो ।

एक साता अघि पनि विराटनगरबाट भारतको जोगवनीतर्फ लैजादै गर्दा ४० केजी चाँदीसहित भारतीय नागरिकलाई रानी प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment