Comments Add Comment

३० लाख फिरौती नपाए ज्यान मार्ने धम्की दिने युवक पक्राउ

२९ जेठ, बुटवल । ३० लाख रकम फिरौती माग्दै ज्यानमार्ने धम्की दिने एक १८ वर्षे युवालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको साविक अमुवा गाविस र हाल सियारी गाउँपालिका वडा नं. ७ हिरागञ्जका ४० वर्षीय जग्गा व्यापारी अर्जुन भट्टराईलाई धम्काउँदै फिरौती मागेको अभियोगमा सैनामैना नगरपालिका वडा नं. ५ का १८ वषर्ीय लोकनाथ न्यौपानेलाई पक्राउ गरी अपहरण मुद्धा चलाएको हो ।

न्यौपानेले ९८४६९३२३७३ नम्बरको फोनबाट पटक पटक भट्टराईलाई फोन गरी ४८ घण्टा भित्र ३० लाख रुपैयाँ फिरौती माग्दै नदिए छोराछोरीलाई अपहरण गर्ने धम्की दिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।

त्यसो गर्दा पनि फिरौती रकम नपाए छोरा छोरी तथा परिवारका अन्य व्यक्तिलाई समेत निर्ममतापूर्वक हत्या गर्ने धम्की न्यौपानेले दिएका थिए । न्यौपानेले यहि जेठको १९ गतेदेखि पटक पटक फोन तथा एसएमएस गरेर धम्की दिंदै फिरौती मागेको प्रहरीले जनाएको छ ।

लोकनाथले अहिले एसइइको परिक्षा दिएका हुन् प्रहरीका अनुसार उनको ‘क्राइम इन्ट्री’ नै खतरनाक देखिएको छ ।

प्रहरीको अनुसन्धानबाट पत्ता लागेपछि खानतलासी गर्दा मोवाइल नम्बर न्यौपानेको साथबाट फेला परेपछि प्रहरीले गत शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त न्यौपानेलाई प्रहरीले अदालतबाट म्याद थप लिएर हिरासतमा राखि थप अनुसन्धान गर्नुका साथै अन्य घटनामा संलग्न भएनभएको समेत सुक्ष्म अनुसन्धान अंगाडी बढाइएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रहरीले उसको साथबाट ९८४६९३२३७३ नम्बरको सिमकार्डसहित नोकियाको सादा सेट, ९८६१३६४९८२ र ९८२३३०१६४२ नम्बरको सिमकार्ड सहित सामान्य नोकिया मोवाईल र कागजले बेरेर राखेको ९८१९४२८९९२ नम्बरको सिमकार्ड बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment