Comments Add Comment

ब्रेकअपछि नीता र नीशा व्यस्त, सुष्मा सुस्त

चलचित्रको रंगिन दुनियाँमा लागेका कलाकारको प्रेम चर्चा त विश्वभर नै हुन्छ । कलाकारको व्रेकअप र प्रेम चर्चा नौलो कुरा होइन ।
तर, नेपाली चलचित्रमा हेर्ने हो भने कलाकारहरु प्रेमको चर्चा हुँदा बक्स अफिसमा भने कमजोर देखिने गरेका छन् । प्रेमको चर्चाले रंगिने कलाकारको व्यस्तता पनि कमजोर देखिएको छ ।

नव-नायक आमेष भण्डारीसँग प्रेममा रहँदा नायिका नीता ढुंगानाको करिअर खराब चलेको थियो । भलै उनी प्रेममा रमाइरहेकी थिइन् । आमेषसँगको सेल्फी र डेटिङमै रमाउने नीतालाई निर्माताले पत्याएनन् ।

आमेषसँग व्रेकअपछि भने नीता व्यस्त भइन् । उनले यसपछि लगालग चलचित्रमा काम गरिरहेकी छिन् । हुनत, नीताका चलचित्रले बक्स अफिसमा त्यस्तो कमालको व्यापार गरेका छैनन् । नीता नेपाली चलचित्रका स्टार कलाकारको रुपमा दहरिएकी पनि छैनन् । तर, आमेषको हातमा एकाध चलचित्र हुँदा नीता भने व्यस्त छिन् ।

क्रिकेटर शरद भेष्वाकरसँग प्रेममा रहँदा नायिका नीशा अधिकारीको हातमा त्यती चलचित्र थिएन । उनी पनि नेपाली मिडियामा प्रेमकै कारणले चर्चित बनिन् । तर, शरदसँग ब्रेकअपपछि उनले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् ।

नीशाले ब्रेकअपछि ‘रोमियो, कुम्भकरण’मा काम गरिन् । आफैले चलचित्र ‘झ्यानाकुटी’ पनि बनाइन् । अहिले उनी चलचित्र ‘पोखराकी काली’मा काम गरिरहेकी छिन् ।

ब्रेकअपपछि आफ्नो घमण्डी व्यवहार परिवर्तन गरेकी नीशा अहिले धमाधम चलचित्रमा व्यस्त छिन् । उनले, आफू अब पूर्ण रुपमा काममा केन्दि्रत रहने बताएकी थिइन् ।

नीता जस्तै नीशाका चलचित्रले पनि बक्स अफिसमा त्यस्तो हरियो झण्डा त गाडेका छैनन् । तर, उनलाई निर्माताले पत्याएका छन् ।
व्रेकअपछि नायिका सुष्मा कार्कीको करिअर भने खासै गतिलो तरिकाले अगाडि बढ्न सकेको छैन । सार्वजनिक कार्यक्रम, पार्टीमा धेरै देखिने सुष्मा चलचित्रको पर्दामा भने सुस्त देखिएकी छिन् ।

उनले यो विचमा ‘चलेछ बतास सुस्तरी’मा काम गरिन्, तर यो चलचित्र चलेन । अहिले उनले चलचित्र ‘रोमियो एन्ड मुना’मा काम गरेकी छिन् । तर, पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको समेत मुख्य भूमिका रहेको यो चलचित्रमा सुष्माको भूमिका के हो, खुलेको छैन । हेरौ अब सुष्माले आफ्नो करिअरलाई कुन गतीमा अगाडि बढाउने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment