Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः सहमतिको प्रयास गर्ने, निर्वाचन नसार्ने

३० जेठ, काठमाडौं । सत्ता साझेदार दल कांग्रेस र माओवादी दोस्रो चरणको स्थानीय निर्वाचन १४ असारमै गर्ने निष्कर्षमा पुगेका छन् । आज प्रकाशित पत्रपत्रिकाहरुले सहमतिको लागि प्रयास गर्ने तर असार १४ को निर्वाचन नसार्ने पक्षमा दलहरु दृढ देखिएको लेखेका छन् । निर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग लागेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

गोरखापत्र दैनिकले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको १४ को निर्वाचन नसर्ने अभिव्यक्तिलाई मुख्य खबर बनाएर छापेको छ । राजपालाई सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयास जारी राखेको, न्यायाधीशलाई अवकाश दिने पूर्वप्रधानन्यायाधीश सुशीलका कार्कीको निर्णय उल्टिएको लगायत खबर गोरखापत्रको पहिलो पृष्ठमा प्रकाशित छ ।

नयाँ पत्रिकाले नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो भएको सामग्री छापेको छ । नयाँ पत्रिकामा चुनाव तयारीमा निर्वाचन आयोग जोडतोडका साथ लागेकोदेखि एसियन प्रिमियर लिग विवादमा तानिएको सम्मका खबर छन् ।

नागरिकले फेरि पिरामिड शैलीमा ठगी धन्दा हुन थालेको लेखेको छ । अन्नपूर्णमा राजपा नआए पनि चुनाव हुने खबर छ । कान्तिपुरले ‘जता मालिक, उतै भोट’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment