Comments Add Comment

अमेजनको यस्तो क्रिएटिभ उत्पादनमा किन भारतिय महिला आक्रोसित भए ?

अमेजन इन्डियाले आफ्नो साइटमा एक प्रोडक्ट सार्वजनिक गरेका छन्, जसलाई लिएर अहिले विवाद उब्जिएको छ । खासगरी भारतिय महिलाहरु उक्त उत्पादनमाथि तिखो निन्दा गरेका छन् ।

उत्पादनको नाम हो, ‘ट्राइपोलर क्रिएटिभ टेबलटप एश-ट्रे ।’ कम्पनी भन्छ, यो एक सजावटको सामग्री हो । यसमा नग्न महिला टबमा मस्त बसेको आकृति छ ।

अमेजनले आफ्ना पुराना ग्राहकका लागि यो ३० प्रतिशत छुटमा उपलब्ध गराइरहेको थियो । तर, लगत्तै यसमाथि प्रतिक्रिया आउन थाले । अमेजनको पेजामा गएर कति महिलाले समीक्षा पनि लेखेका छन् । र, अधिकांश समीक्षा आक्रोसले भरिएका छन् ।

महिलाहरुको भनाई छ, यस्तो उत्पादन बेच्नु लाजलाग्दो काम हो । यसमा समाजमा महिलाप्रति घृणा दर्शाउँने रोमान्च मिल्छ । कतिले यस उत्पादनको विक्रीमा रोक लगाउनुपर्ने तर्क गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘लिनुहोस् भाई, अब महिलाको गुप्ताङमा सिगरेटको ठूटो राख्नुहोस् । अहिलेसम्म तेजाब, मोमबत्ती र अरु के के हालियो । तर, यहाँ नयाँ सुविधा दिएको छ अमेजनले ।’

उक्त एश ट्रेले बलात्कारी मानसिकतालाई उकासेको संज्ञा दिदै अर्की फेसबुक प्रयोगकर्ताले कडा टिप्पणी लेखेकी छिन् । ‘जुन देशमा केटाको मानसिकता यस्तो छ कि हरेक दिन, हरेक घण्टा बलात्कार हुन्छ । सानो बच्चादेखि लिएर बृद्धा महिलासम्म बलात्कृत हुन्छ । त्यही देशमा यस किसिमको बजार फल फूल भइरहेको छ ।’

यवात टिप्पणीमाथि अमेजनले कुनै स्पष्टीकरण भने दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment