Comments Add Comment

चुनावमा मधेसका जनताको पनि समर्थन छः प्रमुख आयुक्त यादव

३० जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावमा मधेसका जनताको पनि समर्थन रहेको बताएका छन् । साथै राजपाको बहिस्कारतर्फ लक्षित गर्दै सबै दललाई चुनावमा आउन आहृवान गरे ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोगले सबै तयारी पुरा गरेको बताए । अब आचार संहिता अनुगमनका लागि सहसचिव स्तरको टोली खटाइने समेत बताए ।

तर, सरकारको निरन्तरको प्रयासका बाबजुद राजनीतिक वातावरण बन्न नसकेको बताए । उनले भने, ‘ऐन कानुन संशोधन गरेको छ । हस्ताक्षर बुझाउन समय दिइएको छ । सरकार र आयोगको तर्फबाट अधिकतम प्रयास भएको छ ।’

हालै मात्र तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर फर्किएका प्रमुख निर्वाचन आयुक्त यादवले जनता तथा मतदाता चुनावको समर्थनमा रहेको सुुनाए । उनले भने, जनता चुनावको पक्षमा छन् र आयोगले सहयोग पनि पाएको छ ।’

उनले अब स्थानीय तहको संख्या बढाउने मागको सन्दर्भिकता नै सकिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment